काठमाडौँ – नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गराइरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


शनिबार नेपालगञ्जमा पर्यटन मन्त्री योगेश भट्टराई ढिला आएकोले जहाज उडान एक घण्टा ढिला भएको भन्दै ज्ञानेन्द्र शाली लगायतका यात्रुहरुले मन्त्रीलाई गाली गलौज गरेकोको भिडियो बाहिरिएको थियो । नेकपाका कतिपय कार्यकर्ताहरुले उक्त घटना नियोजित रुपमा घटाइएको आरोप लगाइरहेका छन् ।


ADVERTISEMENT

# # #


सोही घटनाबारे जानकारी दिन शाहीले गरेको पत्रकार सम्मेलनमा चर्काचर्की भएपछि सुरक्षाको लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।