नुवाकोट – संघीय प्रतिनिधिसभा सांसद बहादुर सिंह लामाले नुवाकोटको मेघाङ गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेका छन् । सांसद लामाले आफ्नो तलव भत्ताबाट विद्यालयका २ सय ६५ विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका हुन् । चालिसौं राष्ट्रिय शिक्षा दिवश र ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा गत भदौ २२ गते विद्यालयमै सम्पन्न एक कार्यक्रमकाबीच सांसद लामाले विद्यार्थीहरुलाई पोशाक सहयोग गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले विद्यालय विद्यार्थीहरुको भविश्यको ज्योती भएकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । आफूले जापान भ्रमणको क्रममा विद्यालयले जापानको विकासमा खेलेको भुमिका देखेर विद्यालयलाई सहयोग गर्न उत्प्ररणा उनको भनाई छ । विद्यालय नै विद्यार्थीहरुको भविश्य निर्माणकर्ता भएकाले विद्यालयलाई राज्यले महत्व दिनु पर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


यसअघि विद्यालय भवन निर्माणमा पनि सांसद लामाले ठूलो सहयोग गरेका थिए ।

सांसद लामाले प्रतिनिधिसभा सदस्य भएवापत आफूले पाउने तलव भत्ताबाट नुवाकोट जिल्लाका धेरै विद्यालयहरुलाई सहयोग गर्दै आएका छन् ।