काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदीय समितिका कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको  गुनासो रहेको बताएका छन् ।  संसदीय अभ्याससम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महराले संसदीय समितिहरुले सरकारको कामलाई नियन्त्रण नभई निगरानी गर्नुपर्ने समेत बताएका हुन् ।


ADVERTISEMENT


संसदीय समितिका सभापतिहरुसँग बसेर एकपटक छलफल गर्न आफूले सुझाव दिएको, तर प्रधानमन्त्री ओलीले तपाईंले नै गर्नुस् भनेर आफूलाई भनेको महराले बताए ।


ADVERTISEMENT

# # #