काठमाडौँ – कप्तान अंशुमान राथले टिम छाडेको एक हप्तान नबित्दै विश्वकप छनोटको मुखैमा रहेको हङकङ क्रिकेटलाई अर्को धक्का लागेको छ । पूर्व कप्तान बाबर हायातले पनि हङकङबाट नखेल्ने निर्णय गरेका छन् ।


ADVERTISEMENT


उनले अक्टोबरमा ओमानको आयोजनामा नेपालसहित पाँच देशबीच हुने टी-२० अन्तर्राष्ट्रिय सिरिज र युएईमा हुने विश्वकप छनोटका लागि बाबरले हङकङ टिमबाट आफ्नो नाम हटाएका हुन् । टी-२० ब्याट्सम्यानका रुपमा चिनिने बाबरले विदेशी लिगमा राम्रो प्रदर्शन गरेपनि हङकङका लागि भने त्यती उत्कष्ट खेल्न सकेका थिएनन् ।


ADVERTISEMENT

# # #


उनले हङकङबाट २४ वटा टी २० मा ५२४ रनमाबै बनाउन सकेका छन् । यस्तै २० ओडीआइमा ७८९, ३५ लिस्ट ए मा १२९९ तथा ६ फ्रस्ट क्लास खेलमा ७१२ रन बनाएका छन् ।

यसअघि भारतीय मूलका कप्तान अंशुमान रथले भारतको टिमबाट खेल्ने उद्देश्यका साथ हङकङ क्रिकेटबाट विदा गएका थिए । गत वर्ष जिम्बाब्बेमा भएको विश्वकप छनोट र यसै वर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजिन २ मा ब्यहोरको हारले अहिले हङकङ क्रिकेटको पतन सुरु भएको छ ।