काठमाडौं – सरकारले प्रधानमन्त्रीको सरकारी निवासका लागि नयाँ भवन बनाउने भएको छ । हालको बालुवाटारस्थित हालको निवास परिसरभित्रै नयाँ भवनको शिलान्यास गरिएको छ । प्रधानमत्री केपी शर्मा ओलीले बिहीबार बिहान धार्मिक विधिपूर्वक भवनको शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT


हालको सरकारी निवास भूकम्पले क्षति पुर्‍याएको भन्दै ४० करोड रुपैयाँ (भ्याटबाहेक) खर्च गरेर नयाँ भवन बनाउन लागिएको हो । नयाँ भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री निवासका लागि दुईवटा नयाँ भवन बन्ने छन् । साढे दुई तलाको एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि हुने छ भने तीन तलाको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोग गरिने छ । निजी भवन बनाइसकेपछि मात्रै सार्वजनिक भवन बनाउन थालिने छ ।