काठमाडौँ – प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ निबुवा बस्ने मनबीर परियार रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार परियारले ती बालिकालाई विवाह गर्ने प्रलोभन देखाई आफ्नो घरमा बोलाई गत २९ गते जबरजस्ती करणी गरे बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #