काठमाडौँ – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महताले संविधान दिवसमा शक्रबार (भोलि) ७० प्रतिशत जनताले दिपावली नभई ‘ब्ल्याक आउट’ गर्ने दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै नेता महतोले संविधानले सबैलाई समेट्न नसकेकाले अधिकांश जनता विरोधमा उत्रिने जिकिर गरे ।


ADVERTISEMENT


उनले दुई तिहाईदेखाएर बनाएको संविधानमा दुई तिहाई जनता असन्तुष्ट रहेकाले संविधान दिवस मनाउन नसकिने बताए । ‘भोलि दिपावलीको उर्दीले दिपावली हुने होइन, ब्ल्याकआउट हुने हो । ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने हो ।’ उनले भने, ‘यो देशका मधेशीले ब्ल्याक आउट गर्छन्, थारु, पहाडका जनजाती, दलितले ब्ल्याक आउट गर्छन् ।’


ADVERTISEMENT

# # #


पूरा सरकारले नै दिपावली नमनाएको भन्दै उनले प्रश्न गरे, ‘तपाईको सरकारले नै दिपावली मनाइरहेको छैन । अरुलाई मनाऊ भन्ने ?’ संविधानलाई संशोधन गर्न नमिल्ने बाइबल, कुरानजस्तो बनाउन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।चार वर्ष बितिसक्दा पनि असन्तुष्ट पक्षका कुरा सम्बोभन गर्न नसकेको भन्दै उनले भने, ‘यति समय बितिसक्दा पनि हामीलाई स्रंविधान दिवस मनाउने अवसर नदिने ?’