काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।

घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन् । अघिल्लो वर्ष उनको स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।