काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरबिच सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान प्राप्त हुनेछ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।