सिन्धुली । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा रहँदा चर्चामा रहेका एसएसपी सन्दिप भण्डारी ३ नं प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा रहँदा समेत चर्चित कामले परिचित बनिरहेका छन् ।


ADVERTISEMENT


देशव्यापी सन्त्रास फैलाईरहेको डेंगुको सचेतना फैलाउन एसएसपी भण्डारी आफैं सक्रिय बनेका छन् ।


ADVERTISEMENT

# # #


उनले बुधबार केन्द्रका प्रशिक्षक, प्रशिक्षार्थी, स्थानीय जनजागृती माविका शिक्षक, अभिभावक, बिधार्थी तथा जनप्रतिनिधीहरु लगायत १३ सय ७१ जनाका लागि डेंगु रोगको परिचय, लक्षणहरु, रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरेका छन् ।

भण्डारीले प्रहरी समुदाय साझेदारीको अवधारणा मार्फत नेपाल प्रहरीले समुदायलाई विभिन्न जनचेतना मुलक कार्यक्रम मार्फत लाभान्वित गराउदै आएकोमा डेँगुबाट बच्ने उपाय रोकथाम र नियन्त्रण सम्बन्धमा नेपाल प्रहरीका दक्ष चिकित्सकबाट सचेतनामुलक कार्यक्रम सन्चालन गर्दा यस क्षेत्रका जनताहरु लाभान्वित भएको कुरामा विश्वस्त रहेको बताएका छन् ।

प्रधानाध्यापक यज्ञ बहादुर सुनुवारले एसएसपी भण्डारी र प्रा.प्र. नि. डा. सीता पौडेल तथा तालिम केन्द्र परिवारलाई डेँगु सम्बन्धी सचेतना कार्यक्रम संचालन गरी सचेत गराएकोमा आभार प्रकट गरेका छन् ।