रामेछाप । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले कांग्रेस अरुका कारण नभइ आन्तरिक गुटबन्दीकै कारण सकिएको बताएका छन् ।


ADVERTISEMENT


सदरमुकाम मन्थलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले अधिवेशनको बेलामा गुट हुनु स्वाभाविक भए पनि त्यसलाई निरन्तरता दिनु कांग्रेसका लागि दुर्भाग्य भएको बताए । ‘कांग्रेसलाई कसैले हराएको छ भने त्यो आफू भित्रको गुटबन्दीले हराएको छ’, उनले भने ।


ADVERTISEMENT

# # #


उनले आफूहरुको ध्यान अब हुन लागेको निर्वाचन र पार्टीको महाधिवेशनमा केन्द्रित रहेको बताए । पार्टी सभापतिमा उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यो समय आएपछि थाहा हुन्छ ।’

महामन्त्री कोइरालाको चीनसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले भाइचाराको सम्बन्ध स्थापित गर्नु नयाँ कुरा नभएको बताए । ‘परम्परावादी हिसावले चल्दा कम्युनिस्ट खत्तम हुन्छन् । त्यसैले उनीहरुले नयाँ कुरा ल्याएका हुन्’, उनले भने ।

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले माक्र्स, लेनिन र माओको नाममा मान्छे मारेका कम्युनिस्टले चीनका राष्ट्रपतिको नाममा विकास गरे राम्रो हुने टिप्पणी गरे ।