कमल सिटौला : कर्पोरेट हेड, नेपाल लिक्वेर्स प्राइभेट लिमिटेड


ADVERTISEMENT


नेपाल लिक्वेर्स प्राइभेट लिमिटेडको सेवा कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


गुणस्तर र व्यवस्थापन नै हाम्रो मूलमन्त्र हो । त्यो हिसाबले गुणस्तरमा हामीले प्रमुख ध्यान दिएका छौँ । यही हिसाबले हामीले बजारमा सेवा दिइरहेका छौँ ।

यो कम्पनी अन्तर्गत कुन-कुन ब्राण्डहरु रहेका छन् ?

हामीसंग एन्टीक्वीटी ब्ल्यू र सिग्नेचर रहेका छन् । सिग्नेचरमा सिग्नेचर रेड, र सिग्नेचर प्रिमियर रहेको छ । यस्तै ब्ल्यू रिब्यान्ड जिनमा गोल्डेन ब्राण्डि र म्याग्रोल्स ह्वीस्की हाम्रो चलिरहेको ब्राण्ड हो ।

यो सेवा कुनकुन हिसाबले फरक छ ?

हाम्रो नेपाल अधिराज्यभरि वितरक हुनुहुन्छ । हाम्रा विशेष ट्रेनिङ प्राप्त कर्मचारीबाट यो सेवा दिइरहेकाले अरुभन्दा फरक छ ।

उत्पादनको गुणस्तर कुनस्तरमा छ ?

अन्तर्राष्ट्रिय र राज्यले तोकेको मापदण्ड अनुसारको उच्च गुणस्तर हामीले जनतामा लगेका छौँ ।

तपाईहरुको व्यवस्थापनमा पनि नयाँ टिम आएको छ । नयाँ नेतृत्व पछाडि कम्पनीको गति कसरी अगाडि बढिरहेको छ ?

हाम्रो अध्यक्ष राजेशमान सिंह तुलाधर युवा उद्योगपति हुनुहुन्छ । उहाँको नेतृत्वमा व्यवस्थापकीय काममा पनि व्यवसायिक तरिकाले काम भइरहेको छ । उहाँकै नेतृत्वमा गत वर्षभन्दा हामीले ठूलो लक्ष्य हासिल गरेका छौँ ।

कम्पनीका आगामी योजना के छन् ?

सेवा, व्यवस्थापन र गुणस्तर हाम्रो मूलमन्त्र हो । यसैलाई ध्यानमा राखेर हामी अगाडि बढिरहेका छौँ ।