नवलपुर । नेपाली कांग्रेसका युवा नेता एवं प्रखर वक्ता रामहरि खतिवडाले अबको निर्वाचनमा कम्युनिस्टहरूको पराजय सुनिश्चित रहेको बताएका छन् ।


ADVERTISEMENT


नवलपुर जिल्लाको कावासोतीमा मंगलबार आयोजित नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले अबको निर्वाचन नेपाली कांग्रेसले जित्ने बताए । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीको ढाँट्ने शैलीले मुलुक धेरै दिन चल्न नसक्ने बताए ।


ADVERTISEMENT

# # #


‘नेपाली कांग्रेसका नेताहरू एक भए भने खड्गप्रसाद ओली र प्रचण्डले केही गर्न सक्दैनन्’, उनले भने, ‘निर्वाचनमा कांग्रेसको जित सुनिश्चित छ ।’

प्रचण्डको दोहोरो चरित्रलाई उदाङ्गो बनाइदिएका नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘प्रचण्डलाई छोरी जिताउनु थियो । सभापति शेरबहादुर देउवाको शरणमा आउनुभयो । कांग्रेसले छोरी जिताइदियो प¥यो भनेर प्रचण्डले देउवाको खुट्टा ढोग्नु भयो । त्यसपछि प्रचण्ड प्रधानमन्त्री खड्गप्रसाद ओली बुइचढ्नुभयो ।’

विदेशी नेताहरू माओत्सेतुङ, लेनिन, स्टालिनलाई आदर्शन मान्ने कम्युनिटहरू कहिल्यै पनि राष्ट्रवादी नहुने उनले दाबी गरे । ‘नेपाली कांग्रेसले वीपीलाई नेता मान्छ’, उनले भने, ‘झुसे दाह्री भएकाहरूलाई नेता मान्ने कम्युनिस्टहरूले आफूलाई राष्ट्रवादी भन्छन् । उनीहरू कहिल्यै पनि राष्ट्रवादी हुन नसक्ने बताए ।’

पद र स्वार्थका लागि कम्युनिस्टहरू जुनसुकै हदसम्म जान सक्ने बताएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले जनता रुवाउनेहरूले कहिल्यै पनि देश र जनताको मन जित्न नसक्ने बताए ।
खड्गप्रसाद ओली र प्रचण्डले आफ्ना मूल पार्टीलाई खारेज गरेर आफ्नो स्वार्थअनुसारको हर्कत गर्दै आएको उनले आरोप लगाए । विगतमा किरियापुत्रीको हत्या गर्ने माओवादी जस्तो नेपाली कांग्रेस कहिल्यै नहुने उनले बताए ।

‘कांग्रेसले किरियापुत्री मारेन । बरु देशमा विकास गर्‍यो’, उनले भने, ‘माओवादीले द्वन्द्वका नाममा नेपाली कांग्रेसले बनाएका स्कुल, अस्पताल, पुल, खानेपानीका विकास निर्माणहरू ध्वस्त बनाए ।’

पूर्वसांसद समेत रहेका खतिवडाले सत्र हजार मान्छे मारेकालाई माओवादीलाई जनताले भोट दिएर जिताएको भन्दै कम्युनिस्टहरूलाई विगतको आफ्नो अनुहार हेर्न सुझाव दिएका छन् ।

मान्छे मारेर होइन जनताको मन जितेपछि परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा बुझ्न प्रचण्डलाई १२ वर्ष लागेको उनले बताए ।

‘बहुदल नमान्ने एमाले र लोकतन्त्र नमान्ने माओवादीलाई कांग्रेसले बहुदलीय व्यवस्थामा ल्याएको हो’, उनले भने, ‘जनताको जनमत स्वीकार नगर्ने कम्युनिस्टहरू जनतामा मत माग्न पुगेका छन् । उनीहरूलाई कुनै पनि लाज र घिन छैन ।’

नेपाली कांग्रेसले गणितीय रुपमा हारेपनि सैद्धान्तिक रुपमा जितेको खतिवडाले बताएका छन् । ‘हामीले गणितीय रुपमा हारेपनि सिद्धान्तका रुपमा जितेका छौँ । बन्देकेहरूले जितेर पनि हारेरका छन् । हामीले जितेका छौँ ।’
नेपाली कांग्रेसका युवा नेता खतिवडाले विगतमा खड्गप्रसाद ओलीलाई भुरे माओवादी नेताले हराएको स्मरण गराए । प्रचण्डलाई काठमाडौंको कीर्तिपुरमा नेपाली कांग्रेसका राजन केसीले हराइदिएको उनले स्मरण गराइदिएका छन् ।

उनले भने, ‘माधवकुमार नेपाल पनि दुई ठाउँमा हारेर पनि प्रधानमन्त्री बने । उहाँ अभुतपूर्व प्रधानमन्त्री हो ।’

 

खड्गप्रसाद ओलीले संविधान उल्लंघन गर्ने क्रमलाई निरन्तरता राखेको उनले बताए । ‘कम्युनिस्ट प्रधानमन्त्री ओलीले सरकार बनाएको भोलिपल्ट संसदबाट सपथ नखाइकन हेलिकप्टरमा केरुङ पुग्नुभयो । आफैले बनाएको संविधान उल्लंघन गर्नुभयो । संसदबाट सपथ नखाइकन प्रधानमन्त्री हुँदैन । ओलीले संविधान उल्लंघन गर्नुभयो ।’

‘हामीले एउटै पार्टीको सभामुख र उपसभामुख नहुने व्यवस्था राख्यौँ । एउटै पार्टीको नहुने अवस्था छ’, उनले भने, ‘यो संविधानलाई ध्वस्त बनाउने काम ओलीले गरेका छन् ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले निर्वाचन आयोगलाई सरकारले हत्कडी लगाएर राखेको छ । राष्ट्रिय मानवअधिकार आयोगलाई आफ्नो अण्डरमा राख्न खोजेका छन् । संवैधानिक निकायलाई राखेका छन् ।’

ओलीले नारायणी नदीमा जहाज चल्छ भनेको पनि धेरै भएको उनले बताए । ‘टिकट काट्न तयार रहनु होस् भनेको पनि धेरै भयो’, उनले भने, ‘रेल र पानीजहाजको कुरालाई नेपाली जनता विश्वास नगर्ने बताए ।

प्रधानमन्त्री ओलीले ३३ किलो सुन काण्डका दोषी फेला परेको भनेर जनतालाई ढाँटेको खतिवडाले बताए ।

‘यो सरकारको १८ महिनाको अवधिमा जनतालाई राहत हुने काम भएन । मन्त्री भ्रष्टाचारमा चुर्लुम्मा डुबेका छन्’, उनले भने, ‘३–४ हजार घुस खाने कर्मचारीलाई अख्तियारले समाउछ । वाइड बडीमा प्रधानमन्त्री ओली आफै संलग्न भएको प्रमाण देखिएको छ’, उनले भने, ‘कारबाही गर्ने इच्छा शक्ति छैन ।’

वाइड बडी घोटालामा प्रधानमन्त्री ओली मुटिएको उनले बताएका छन् । ‘प्रधानमन्त्री ओलीले रविन्द्र अधिकारी दोषी छैन भन्नुभयो’, उनले भने, ‘हो रविन्द्र अधिकारी निर्दोष हो भने त्यसको सबै भागिदार ओलीले लिनुपर्छ ।’

खतिवडाले प्रधानमन्त्री ओलीको ठूलो आलोचना गरेका छन् ‘अरिँगाल र छाउडा लगाइन्छ । काम गर्न दिइँदैन’, उनले भने, ‘मौरी बस्ने ठाउँ १–२ वटा अरिँगाल पठाउने हो । ती अरिँगाललाई मौरीले खाइदिन्छ ।’

कार्यक्रममा नवलपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।