राजधानीको केन्द्रबिन्दु नयाँ बानेश्वर चोकको संविधानसभा भवन छेवैमा पानी टेँकीसंगै जोडिएर एउटा रेस्टुरेन्टले ईतिहाँस बनाईरहेको छ । हो, १८ बर्ष देखि फरक टेष्ट र वातावरणमा बेइजिङ डकले परिचयलाई अनवरत कायम राखिरहेको छ ।


ADVERTISEMENT


यो एक चीनियाँ रेस्टुरेन्ट हो । यो चीनको १०१५ सहरमा छ । त्यसको शाखाको रुपमा २००१ मा नेपालमा स्थापना भएको हो । यसमा खासगरी चिनियाँ खाना चीनकै वातावरणमा उपलब्ध हुन्छ । चिनियाँ पर्यटकलाई लक्षित गरेर खोलिएको रेस्टुरेन्ट भए पनि नेपालीहरुको समेत रोजाईको गन्तव्य बनिरहेको छ ।


ADVERTISEMENT

# # #


यहाँको विशेष भनेको चिनियाँ ‘डक आइटम’ हो । त्यो भनेको हाँसको परिकार । जसलाई बेइजिङ डक भनिन्छ । जसका लागि हाँस पनि चीन र थाइल्याण्डबाटै आउँछ । यसको बनाउने तरिका अलि बेग्लै हुन्छ । यो बनाउनका लागि तीन दिनसम्म लाग्छ । बारिहबाट आउँदा ‘आइस’ आउने भएकाले त्यसलाई पहिले पगाल्नुपर्छ । सपला गरिसकेपछि त्यसलाई उमाल्नु पर्छ । उमालिसकेपछि पंखाले सबै सुकाउनु पर्छ । त्यसपछि मात्रै चुलोमा हालेपछि रोस्ट गर्न २, ३ घण्टा लाग्छ । त्यसमा भएको सबै बोसो पग्लिएपछि रोटी, सलाद, चिनियाँ अचार मिसाएर खाने गरिन्छ ।

एउटा हाँसले चारजनालाई प्रर्याप्त हुन्छ । जुन तपाई हामीले नै खान मिल्ने किसिमको सस्तो पनि छ । एउटा हाँस ३३ सयसम्म पर्न जान्छ । अर्को कालो च्याउ पनि पाइन्छ । जुन अन्य ठाउँमा पाइँदैन । चिनियाँ तर नेपालीलाई पनि मन पर्ने खालका अन्य भेज ननभेज परिकारहरु उपलब्ध भईरहेका छन् बेइजिङ डकमा । चिनियाँ परिकार मात्रै होईन यहाँ चाउचाउका परिकारहरु, मःमः, फ्राइड राईस लगायतका खाजा तथा खानाका परिकारहरु पनि पाइन्छ ।

१८ वर्षअघि खुल्दा परिकारमा जुन स्वाद थियो । अहिले पनि त्यही स्वादमा सेवा दिईरहेको छ बेइजिङ डकले । अहिले त झनै परिकारहरु नयाँ थपिँदै गएका छन् ।

यहाँ आउने ग्राहकमा बढीजसो चाइनिजहरु हुन्छन् । उनीहरुले चीनमा आफ्नै देशमा खाएजस्तो अनुभव गराउने गरी यहाँबाट सेवा पुगिरहेको छ । यस्तै नेपालीहरु समेत पारिवारिक जमघटका बेला यहाँ आउने रोजाई पनि बेइजिङ डक नै बनिरहेको छ । प्रशस्त पार्किङ र पायक पर्ने ठाउँमा भएकाले यो सबैका लागि एउटा गन्तव्य बनेको छ । अतिथि सत्कार र सेवालाई बेइजिङ डकले पहिलो हार्दिकता बनाएको छ ।

 

यहाँ बिभिन्न कार्यक्रम तथा सेमिनार गर्नका लागि सुबिधासम्पन्न हल समेत रहेको छ ।