काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पहिलो शतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


टी–२० क्रिकेटमा नेपाली ब्याट्सम्यानले बनाएको यो पहिलो शतक हो ।सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पारसले सिंगापुरविरुद्ध बलमा १०० रन पूरा गरेका हुन् ।


ADVERTISEMENT

# # #


सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पारसले सिंगापुरविरुद्ध ४९ बलमा १०० रन पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ छक्का र ६ चौका प्रहार गरे ।

सिंगापुरले दिएको १५२ रनको चुनौति पच्छ्याउने क्रममा १५ ओभरमा नेपालले १४७ रन बनाउँदा पारसले व्यक्तिगत सय रन बनाए ।

पारसको शतकसंगै नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।