काठमाडौँ – भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले मंहंगी बढेको भन्दै आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतिमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो। भारतीय मिडियाहरुले सरकारको यो निर्णयले पछिल्लो समय भइरहेको प्याजको मूल्य बृद्धिमा कमी आउने बताएका छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो केही दिनमा भारतीय बजारमा प्रतिकेजी प्याजको मूल्य ६० देखि ८० भारुसम्म पुगेको थियो । भारतीय वाणिज्य मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई प्याजको कुनै पनि प्रकार विदेश निर्यात नगर्न निर्देशन दिएको हो ।

यस्तै भारत सरकारले प्याज बिक्री गर्नको लागि कोटा तोकेको छ । होलसेल व्यापारीको लागि बढीमा ५ सय क्विन्टल र खुद्रा व्यापारीका लागि एक सय क्विन्टल मात्रै स्टकमा राख्न पाइने व्यवस्था भारत सरकारले गरेको छ ।

भारतले नियार्तमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य बढ्न सक्ने देखिएको छ। पछिल्लो समय भारतीय बजारमा मूल्य बढ्दा नेपालमा पनि प्याजको मूल्य बढेको थियो । प्रतिबन्ध लगाएपछि भने दशैंको मुखमा प्याजनको भाउ बढ्ने संकेत देखिएको छ ।