काठमाडौँ, फाल्गुन १८ । भारतले नेपालका लागि नयाँ राजदूतको लागि मन्जिभ सिंह पुरीको नाम मनोनयन गरेको छ । उनको नाम नेपाल सरकारलाई जानकारी गराइएको नेपाल सरकारको उच्च स्रोत कान्तिपुरलाई बतायो । स्रोतका अनुसार भारत सरकारले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई उनको नाम जानकारी गराएको हो । उनी हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत छन् ।


ADVERTISEMENT


परराष्ट्र सेवा, राजनीतिक तह वा सुरक्षा निकायबाट को आउने भन्ने बहसपछि अन्ततस् परराष्ट्र सेवा अनुभवी क्याडर नै नेपालका लागि राजदूतमा सिफारिस भएका छन् । नेपाल सरकारबाट अग्रिमा ९सहमति० गएपछि उनी नेपालका लागि भारतीय राजदूत हुनेछन् । आजै ९बुधबार० देखि नेपालमा भारतीय राजदूत खाली भएको छ । र, दूतावासका उपप्रमुख विनय कुमारले कार्यवहाक राजदूतको जिम्मेवारी सम्हालेका छन् ।


ADVERTISEMENT

# # #


कूटनीतिक मामिलाका विज्ञ पुरी सन् १९८२ का व्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन् । उनले सन् २००९ देखि २०१३ सम्म न्युर्योक उपप्रमुख भएर काम गरिसकेका छन् । सन् २०११ देखि २०१२ सेक्युरिटी काउन्सिलको टिममा वरिष्ठ सदस्यको हैसियतमा काम गरेका थिए । विभिन्न देशमा रहेका भारतीय नियोग र दिल्लीस्थित मन्त्रालयमा रहेर काम गरेका पुरी १९५९ मा जन्मेका हुन् । उनी सेन्ट स्टेफेन्स कलेज दिल्लीका टपर हुन् ।

नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायको कार्यकाल मंगलबार सकिएको हो । उनी बुधबार स्वदेश फर्कंदैछन् । भारतमा रहेको नेपाली दूतावास लामो समयसम्म राजदूतविहीन रहने गरे पनि भारतले नेपालमा राजदूत फर्कनुअघि नै नयाँ राजदूतको नाम सिफारिस गरेर अग्रिमा दिइसकेको हुन्थ्यो । तर, यसपटक भने राजदूत फर्कने दिनमा नयाँ नाम सिफारिस गरेको छ ।