काठमाडौँ, फाल्गुन १८ । आजदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चलाउन नपाइने भएको छ ।  । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना पनि गराइनेछ ।


ADVERTISEMENT


यातायात व्यवस्था विभागका अनुसार २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


विभागले मंगलबार ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेख्दै २० वर्ष पुराना सवारी सडमा आए कारवाही गर्न पत्र लेखिसकेको छ । अब २० वर्ष आयु नाघेका सार्वजनिक सवारीको करसमेत बुझिने छैन ।

पाण्डेकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । यस्ता सवारीको नामसारी र अञ्चलीकरण पनि रोकिएको छ भने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइएको उनले बताए ।

रुट इजाजत नभइ सवारीले सडकमा गुड्नै पाउँदैनन् । त्यसपछि व्यवसायीलाई यस्ता सवारी नहटाई सुखै हुनेछैन ।यदि यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिनेछ । र, स्क्रयााप गरिनेछ । कवाडी गर्दा लागेको शुल्क पनि गाडी धनिबाटै उठाइनेछ ।

२० वर्षे सार्वजनिक सवारी देशभरबाटै विस्थापन गर्ने निर्णय नयाँ भने होइन । सरकारले दुई वर्षअघि नै यो निर्णय गरेको थियो । मन्त्रिपरिषदको यो निर्णय ०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो ।

निर्णयमा २ वर्षभत्र २० वर्ष आयु पुगेका सबै सार्वजनिक सवारीलाई विस्थापन गरिसक्ने उल्लेख छ । उपत्यका झण्डै गुड्ने ३१ सय सार्वजनिक सवारी २० वर्ष नाघेको हुनसक्ने विभागको अनुमान छ । त्यसमा २४ सय ट्याम्पो, बस, ट्रक तथा माइक्रो र ८ सय ट्याक्सी छन् ।

विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयु तोक्ने गर्छ । पुराना गाडीहरुको इन्जन र पार्टपूर्जा काम नलाग्ने हुने भएकाले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिन्छ ।

निजी, पर्यटकबाहक र सरकारी गाडी नरोकिने

विभागले तत्काल निजी, पर्यटकबाहक र सरकारी सवारीलाई २० वर्ष पुगकै आधारमा नहटाइने स्पष्ट गरेको छ । अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी मात्रै हटाउन लागिएको जानकारी विभागले दिएको छ ।

२० वर्ष नै पुगेपनि प्रदुषण जाँच पास भएका निजी सवारीलाई तत्काल कवाडीमा लैजान बाध्य नपारिने विभागका प्रवक्ता पाण्डे बताउँछन् ।पहेँलो र र सेतो नम्बर प्लेटका सार्वजनिक संस्थान र सरकारी गाडीलाई पनि रोक्ने कुनै योजना नरहेको विभागले स्पष्ट गरेको छ । पर्यटक बोक्ने हरियो प्लेटमा २० वर्ष नाघेका सवारीलाई पनि अहिले रोकिने छैन ।

पहिलो चरणमा काठमाडौंबाट २० वर्ष पुराना सवारी हटाएर अर्को चरणमा उपत्यका बाहिर त्यसको कार्यान्वयन सुरु गर्ने तयारी छ ।