काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनलाई स्वागत गरेको छ। गत शनिबार भएको विशेष साधारणमार्फत चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वचित भएका थिए।


ADVERTISEMENT


निर्वाचन आइसिसीले गठन गरेको स्वतन्त्र समितिले गरेको थियो। समितिमा आइसिसीको तर्फबाट अम्मर शेख, महमोद अली र नितिशा कोठारी रहेका थिए। यस्तै राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट लेखबहादुर क्षेत्री र क्यानको निर्वाचित समितिबाट ठाकुर प्रताप थापा सदस्य थिए।


ADVERTISEMENT

# # #


२०७३ वैशाखमा निलम्बन परेको क्यानमा नयाँ नेतृत्व आएकोमा शेखले खुसी व्यक्त गरेका छन्। नेपालले आइसिसीको सदस्य हुन चाहिने सबै शर्त पूरा गरको छ। अब दुबईमा बस्ने आइसिसीको बोर्ड बैठकले केहि कदम चाल्नेमा आसा छ,’ उनले भने।

आगामी अक्टोबर १३ मा बस्ने आइसिसीको बोर्ड बैठकमा क्यानको विषयमा छलफल हुँदै निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।