नवलपरासी – नवलपरासी जिल्ला सुस्तामा नागरिक समूहले एक बिशेष कार्यक्रम को आयोजना गरि सिमानामा पर्खाल लगाऔं अभियानको सुरूवात गरेको छ । सिमाना मिच्न नदिई माटोको रक्षा गर्न र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न भन्दै अभियान सुरु गरिएको हो ।


ADVERTISEMENT


विभिन्न गिरोहले खुला सीमानाको फाइदा उठाउँदै सिमानामा रहेका नागरिकहरूलाई दिने दुख, कस्ट, गुण्डागर्दी लगायतको अन्त्य गर्दै समग्रमा राष्ट्रिय सुरक्षालाईबलियो बनाउन सिमाना पर्खाल लगाउनु पर्ने अभियानका अध्यक्ष निगम हुमागाँईले बताए।


ADVERTISEMENT

# # #


सिमानामा पर्खाल अत्यन्तै आवश्यक रहेको भन्दै सिमाबासीले अभियानको स्वागत गरेका छन् । “देशको सिमानाको रक्षाका लागी ज्यान दिन तयार छौं । सिमाड्कन गरि पर्खाल लगाउनु आवश्यक छ ।’ सुस्ता बचाउ अभियान कि महिला नेतृ लैना बेगमले भनिन्, ‘हामी महिला बालबालिका, बृद्ववृद्वा सवै धर्म , जाती, समुदाय, राजनैतिक पार्टिर्टीहरू यस अभियानमा एकबद्व भई साथ दिन्छौं” ।

नागरिक समूहका अध्यक्ष निगम हुमागाँईको नेतृत्वमा सुस्ता पुगेको टोलिलाई सुस्ता बचाउ अभियानका गोपाल गुरूड्, उपाध्यक्ष आदम खाँ लगायत स्थानीय सुस्ताबासिले भव्य स्वागत गरेका थिए ।