काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गरेको समयमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुशी साटेका छन् ।
देउवा निकट उच्च स्रोतका अनुसार भरतपुरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेणु दाहालले जित्ने निश्चित भएपछि प्रधानमन्त्री देउवाले आज साँझ फोन गरेर प्रचण्डसँग खुशी साटेका हुन् । उनले फोनमा खुशी साट्दै भने,‘मलाई आज निकै खुशी लागेको छ, रेणुले जितिन् यसमा मलाई निकै खुशी छ, जे होस् यो हाम्रो जित भएको छ।’
२० नम्बर वडाको १६०० मत गन्दा देवी र रेणुबीचको मतअन्तर चार रहेको छ।
मतपरिणाम अनुसार देवी ज्ञवालीको ४२ हजार ४ सय १८ मत रहेको छ भने रेणु दाहालको ४२ हजार ४ सय १४ मत रहेको छ ।