चितवन । भरतपुर महानगरपालिकाको मतगणना केही अघिदेखि रोकिएको छ । गणनास्थलमा बसेका एमालेका प्रतिनिधि खाजा खान भनेर बाहिरिएपछि मतगणना रोकिएको हो । उनीहरू फर्किएपछि पुनः गणना सुरु हुने बताइएको छ ।


ADVERTISEMENT


पछिल्लो परिणामअनुसार २ हजार मत गणना हुँदा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल ७५ मतले अगाडि छिन् ।


ADVERTISEMENT

# # #


लामो समयसम्म अग्रता लिएका उमाले उम्मेदवार देवी ज्ञवाली अहिले केही पछि परेका छन् । पुनः मतदान गरिएको वडा नम्बर १९ को मतगणनाबाट निरन्तर अग्रता घटाइरहेकी रेणुले २० नम्बर वडाको दुई हजार मत गणनाको क्रममा अग्रता लिएकी हुन् ।