काठमाडौं । सहकर्मी महिलालाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । साथै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।


ADVERTISEMENT


संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनी अप्ठेरोमा परेका थिए । मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।


ADVERTISEMENT

# # #


नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ ।