चितवन । भरतपुर महानगरपालिकामा रिव एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।


ADVERTISEMENT


कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ९९ मत बढी पाएकी छन् । रेणुको मत ४२ हजार ७४४ छ भने देवीले ४२६४५ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो । १९ नम्बरको वडाको झण्डै १८ सय मत गणना भइसकेको बेला माओवादी प्रतिनिधिले जेठ १४ गते मतपत्र त्यातिएका थिए । निर्वाचन आयोगले त्यो वडाको सबै मत बदर गर्दै शुक्रबार १९ नम्बर वडामा पुनः मतदान गरायो ।

पुन मतदानमा अघिल्लो पटक भन्दा ११ मत बढी २८७१ मत खसेको थियो । माओवादी उम्मेदवार रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी छन्, जसका कारण १९ वडाको गणना सकिँदा एमाले उम्मेदवार देवीको अग्रता २२१ मा झर्‍यो ।

माओवादी कार्यकर्ताले मत पत्र त्यातेकाले कांग्रेस कार्यकर्ताले आफ्ना उम्मोदवारलाई मत दिने एमालेको अनुमान थियो । तर, नतिजा त्यस्तो भएन ।

कांग्रेस र माओवादी गठवन्धन वैशाख ३१ मा भड्किएका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन एक हदसम्म सफल भएको देखिएको छ ।

२० नम्बर वडाको २ हजार मत गणना गर्दा एमाले उम्मेदवार देवीलाई पछि पार्दै रेणु ९९ मतले अगाडि लागिन् ।

अब वडा नः २० को ३३०२ मत खसेको थियो । अब केही सय मत मात्र गणना गर्न बाँकी छ ।