काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।


ADVERTISEMENT


जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।


ADVERTISEMENT

# # #


सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् ।

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।