काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपटि सी जिङ फिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सफल भएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमाप्रवक्ता बाँस्कोटाले नेपालको फाइदाका हिसाबले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण मूल्यमा नाप्नै नसकिने बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा हामीले कनेक्टीभिटीको कुरालाई मूल प्राथमिकतामा राखेका थियौँ । विशेष गरी रेलवे, हवाई, सडक, विद्युत, सञ्चार लगायतका क्षेत्रमा हामी अगाडि बढ्न सक्ने भएका छौँ ।’ उनले भने, ‘त्यसैले फाइदाको हिसाबले, नेपाल राष्ट्रको हितको हिसाबले यसलाई हामी मूल्यमा नाप्नै सक्दैनौँ ।’


ADVERTISEMENT

# # #


भ्रमण पनि नेपाल एउटा गतिशील पुलको रुपमा स्थापित हुने सम्भावना रहेको उनले बताए ।