काठमाडौं । सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा नेपाली प्रतिनिधी मण्डलको टोली श्रीलंका पुगेको छ ।


ADVERTISEMENT


सार्कमा भएका ईसिए र जीए सदस्यहरुको श्रीलँकामा हुने ७८ औं रिजनल ईकोनोमिक ईन्टिग्रेसन बैठकका लागि नेपाली टोली समेत यतिबेला श्रीलंकामा छ । टोलीमा श्रीलंकाका लागि पूर्व राजदूत बिश्वम्भर प्याकुरेल समेत वक्ताका रुपमा सहभागी छन् ।


ADVERTISEMENT

# # #


बैठकमा रिजनल कोअपरेसन, ईकोनोमिक डेभलपमेन्ट र प्रोस्पेरिटी लगायतका बिषयमा गहन छलफल हुने बताईएको छ ।

सार्कलाई अझ बढी प्रभावकारी बनाउँदै यहाँका सम्भावनाहरुलाई व्यापारिक हबका रुपमा बढाउने बारे चर्चा हुने बताईएको छ । यस्तै यस क्षेत्रमा रोजगारी निर्माणको बिषयमा समेत चासोका साथ छलफल हुनेछ । निजी क्षेत्रको संलग्नता बिनाको ईकोनोमी स्थिर हुन सक्दैन भन्ने निष्कर्षका साथ अन्तराष्टिर्य क्षेत्रसंग प्रतिस्पर्धात्मक बनाउनका लागि समेत काम गर्नुपर्ने आवश्यकताका सन्दर्भमा समेत छलफल हुने कार्यक्रम रहेको छ ।

ढकालको नेतृत्वको टोलीले आफ्नै उत्पादनहरुलाई प्रोत्साहन गर्दै देश तथा बिदेशमा यहाँको बजार बिस्तारमा भूमिका खेल्ने सुत्रको खोजी गर्ने बताईएको छ ।