काठमाडौँ – शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर “यो तिहार शिवमको साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ।


ADVERTISEMENT


यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेकोछ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीले चाँड पर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का र चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो ।