काठमाडौं – विराटनगर टाईटन्सले ‘वुमेन च्याम्पियन्स लिग ‘डब्लुसीएल’ टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाईटन्सले लगातार दोस्रो जित निकालेको हो ।


ADVERTISEMENT

# # #


पोखरा पल्टनले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगर टाईटन्सले १५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । उसको जितमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रन जोडेका थिए । त्यस्तै, अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रन जोडे ।

पोखरा पल्टनको भने यो लगातार दोस्रो हार हो ।

बुधबारबाट सुरु भएको प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले ७ लाख नगदसहित पुरस्कार पाउनेछ