काठमाडौं । श्रीलंकामा सार्क च्याम्बर अफ कमर्सको ७८ औं बैठक सुरु भएको छ ।


ADVERTISEMENT


रिजनल ईकोनोमिक कोअपरेसन एण्ड क्याटालिस्ट अफ सोसियो ईकोनोमिक प्रोस्पेरिटी अफ साउथ एसिया भन्ने मूल मन्त्रका साथ दुईवटा सेसनहरु सञ्चालन भएका छन् ।


ADVERTISEMENT

# # #


एक सेसनको अध्यक्षता गर्दै सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले सार्क क्षेत्रको विकास र समृद्धिको आधार, यहाँका सम्भावना, स्रोत साधनको उपभोग तथा नीजि क्षेत्रको विकाससंगै समग्र सार्क क्षेत्रकै प्रगतिका लागि सुत्रहरु प्रस्तुत गरेका छन् ।

ढकालले जीडीपीका आधारमा सार्कको अर्थतन्त्र बिश्वमा अमेरिका र चीन पछाडी तेस्रो स्थानमा रहेको उल्लेख गर्दै भौगोलिक रुपमा सार्कले बिश्वमा तीन प्रतिशत ओगटेको र यहाँ रहेका ४० प्रतिशत युवाहरुले सार्क क्षेत्रको विकासमा प्रत्यक्ष भूमिका निभाउन सक्ने सम्भावनाको उजागर गरेका छन् ।

कृषि, ग्रामिण विकास, सञ्चाल, स्वास्थ्य, जनसंख्या, यातायात, प्रविधीमा सहकार्य, पर्यटन, जलबिद्युत लगायतका विषयहरुलाई सार्कले कमन ब्लक अफल द सिटिजनका रुपमा अघि बढाउन सक्ने उनले सुत्र बताएका छन् ।

वेटर कनेक्टिभिटीबाट आर्थिक रुपमा सवल बन्न सकिने ढकालको भनाई छ । १.७ बिलियन भन्दा बढी रहेका सार्क क्षेत्रका युवाहरु एक्काईसौं सताब्दीमा आर्थिक विकासका लागि ग्लोवल प्लेयरका रुपमा महत्वपूर्ण सम्पत्तिका रुपमा रहन सक्छन् भन्ने ढकालको बिश्वास छ ।

ईकोनोमी ट्रेड र ईन्भेष्टमेन्टको क्षेत्रलाई सार्कमा आपसी सहकार्यका रुपमा संगसंगै अगाडी बढाउनुपर्ने उनको भनाई छ ।
सार्कको बजार ठूलो रहेका कारण यहाँको सम्भाबित स्रोत साधनहरुको अधिकतम उपभोग गर्दै आपसी विकासमा फड्को मार्न ढिला गर्न नहुनेमा ढकालको जोड छ ।

जीटुजी र बीटुबीको सहकार्यले देश देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएर जोड्न सकिने उनले बताएका छन् ।

नीजि क्षेत्र विनाको अर्थतन्त्रको अर्थ नरहेको र नीजि क्षेत्रको विकास बिना सामाजिक आर्थिक विकास समेत हुन सक्दैन भन्दै ढकालले रोजगारी निर्माण र पुर्वाधार विकासका लागि समेत नीजि क्षेत्रको विकास पहिलो शर्तका रुपमा औंल्याएका छन् ।

कार्यक्रममा आठ वटै देशका प्रतिनिधीहरुले समेत आ आफ्नो धारणा राखेका छन् ।

बक्ताका रुपमा श्रीलंकाका लागि नेपालका पूर्वराजदूत डा. बिश्वम्भर प्याकुरेल, अमेरिकन युनिभर्सिटीका भाईस चान्सलर अब्दुल वसी, सिनियर रिसर्च फेलो एसटीपीआई पाकिस्तान डा. सफ्रिद मुनिर, सेन्ट्रल अफ एक्सिलेन्सी फर ईन्डिजियनियस एण्ड एक्सक्लुसिभ प्रोडक्ट ईन्डिया अनुराग अवस्थी, नेशनल डाईरेक्टर अफ युनिडो नवाफ रजदान, श्रीलंकाका लागि अफगानिस्तानका राजदूत, श्रीलंकाका लागि बंगलादेशका हाई कमिसनर, श्रीलंकाका लागि माल्दिब्सका राजदूत, श्रीलंकाका लागि पाकिस्तानका हाई कमिसनर सहभागि थिए ।