काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमको प्रक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्र भनेका छन् । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।


ADVERTISEMENT


आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै देउवाले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए । षडयन्त्रका बिरुद्ध कांग्रेस चुप लागेर नबस्ने समेत देउवाले चुनौती दिएका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए । उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यम समेत षडयन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको बताए । उनले भने, ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।’