विराटनगर– आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सो संसदीय सार्वजनिक लेखा समिति, अर्थ समितिलगायत सरोकार भएका समितिले पनि छानबिन गरिरहेको र जग्गा खरिद प्रकरणमा अनुसन्धानका लागि लेखा समितिद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


दशैँंतिहारका लागि सहज, सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यान्नलगायत सामग्री उपलब्ध गराउन सरकार दत्तचित भएर लागेको र मूल्य नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने स्पष्ट पारे । चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौताका सन्दर्भमा उनले कुनै एक राष्ट्रमाथिको निर्भरता अन्त्य गर्नुपर्ने बताउँदै जुन देशबाट बढी फाइदा हुन्छ त्यहीँबाट आपूर्ति गरिने छ भने।

यसअघि विराटनगर विमानस्थलमा ठूलो संख्यामा उपस्थित नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले मन्त्री मण्डललाई २५ किलोको माला पहिर्याएर स्वागत गरेका थिए । पार्टीका तर्फबाट मोरङबाट अहिलेसम्ममा उनी मन्त्रिमण्डलमा स्थान पाउने पहिलो व्यक्ति भएको पार्टी कार्यालय सचिव मुक्ति शर्माले जानकारी दिए ।