कास्की – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो साताभित्र केन्द्र तथा प्रदेशको निर्वाचन हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पार्टीको आन्तरिक प्रशिक्षणका लागि पोखरा पुगेका दाहालले केन्द्र र प्रदेशको निर्वाचन गर्न मंसिर पहिलो साता उपयुक्त हुने बताए । दुबै निर्वाचनपछि संविधान कार्यान्वयनको एउटा चरण सकिने अध्यक्ष दाहालको भनाई थियो । उनले निर्वाचनपछि मुलुक विकास निर्माण, आर्थिक समृद्धि र सामाजिक न्याय लगायतको प्रक्रियामा अघि बढ्न बाटो खुल्ने बताए ।


ADVERTISEMENT

# # #


अहिले नै सरकार परिवर्तन नहुने उनले बताए । फरक प्रसंगमा अध्यक्ष दाहालले चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनको छिट्टै टुंगो लाग्नु स्वाभाविक भएको बताउँदै आफ्नो लागि पनि सन्तोषको विषय भएको उल्लेख गरेका थिए ।