Author: Himalaya Post

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो । सौहार्दपूर्ण सो भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयहरूमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै एक...

Read More

अबको राजनीति : डेटा, डेलिभरी र जेन-जी

– शेषराज भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरिरहेका बेला सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गरे “बजेट — काम खोज्ने होइन, काम दिने युवा। जेन-जी पुस्तालाई स्टार्टअप उद्योगमा तीन प्रतिशत ब्याजदरमा कर्जा।” यो स्टाटसको स्पष्ट राजनीतिक संकेत छ । प्रधानमन्त्री केपी शर्मा ओली र टिमले स्वीकार गरेको छ, अबको राजनीति पुराना संरचना र भाषाले चल्दैन र नयाँ पुस्ताको आकांक्षा, स्पीड र टेक–सेभी सोचअनुसार दिशा बदल्नैपर्छ। नेकपा एमालेको नेतृत्वलाई यो कुरा पनि प्रस्ट थाहा छ २०८४ को निर्णायक शक्ति भनेको जेन-जी हो, जसले नारा होइन, नतिजा खोज्छ। एमालेको सबैभन्दा ठूलो वैचारिक...

Read More

बजेट यथार्थपरक भएकाले पूर्णरुपमा कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेकाले पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले तत्काल बजेट कार्यान्वयन प्रक्रिया सुरु गर्ने समेत बताए । बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको उनले जनाए । उनले बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरिएको, पुँजीगत खर्चको विनियोजन बढाइएको, चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको जानकारी दिए । बजेटमार्फत बैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिइएको र सङ्‍घीय आयोजनाका लागि रु.३ करोडको मापदण्ड कार्यान्वयन गरिएको उनले बताए । पौडेलले प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने...

Read More

द्वन्द्वपीडित व्यक्तिहरुलाई आयोगमा राख्नु अनुचित : अध्यक्ष थापा

काठमाडौँ– सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले द्वन्द्वपीडित व्यक्तिहरुलाई आयोगमा राख्नु उचित नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा थापाले स्वार्थको द्वन्द्व हुने भएकाले द्वन्द्वपीडित व्यक्तिहरुलाई आयोगमा राख्नु उचित नहुने बताए । उनले आयोगका रहँदा आफुले कानूनभन्दा तलमाथि नगर्ने जनाए । थापाले आयोगलाई काम गर्न सवैले सहयोग गर्नुपर्ने भन्दै काम नगर्न नसके राजीनामाको सुझाव उचित नभएको जिकिर गरे । अध्यक्ष थापाले द्वन्द्वपीडितहरुको अस्वभाविक दवाव स्वीकार्न नसकिने बताए । अध्यक्ष थापाले द्वन्द्वपीडितले अस्वभाविक दबाब दिन खोजेको धारणा राखेपछि माओवादीका राष्ट्रियसभा सदस्य मनरुपा शर्माले धम्काउने भाषा बोलेको भन्दै आपत्ति जनाए...

Read More

पाँच लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

नेपालगञ्ज – बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको छ । नेपाल–भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको बताए । पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का एक हजार थान गरी कुल पाँच लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । साथै युपी ३२ एलबी ६३८९ नं को सुजुकी...

Read More