Author: Himalaya Post

‘दमन गरेर सत्ता टिक्दैन’ : एमाले अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामाथि दमन गर्ने, अधिकार कुण्ठित गर्ने र अत्याचार गर्ने शासकको शासन धेरै समय टिक्न नसक्ने बताएका छन्। छापा माध्यममा कार्यरत पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले दमनकारी, पीडक तथा जनविरोधी शासकको अन्त्य हुने बताए। उनले अहिलेका शासकले पनि इतिहासका यस्ता घटनाबाट पाठ सिक्नुपर्ने धारणा राखेका छन्। अध्यक्ष ओलीले आफू ६० वर्षदेखि समानता र स्वतन्त्रताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको दाबी गरेका छन् । जनताको अधिकार र स्वतन्त्रताको पक्षमा आफू सधैँ उभिएको उल्लेख गर्दै उनले दमन र अत्याचारविरुद्धको संघर्ष निरन्तर रहने बताएका...

Read More

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

काठमाडौं- हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। भदौ २९ गते परेको तीजका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजमा पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा भक्तजन आउने भएकाले दर्शनलाई व्यवस्थित र सहज बनाउन विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। मन्दिरबाहिर पाँचवटा लाइन र मन्दिर परिसरभित्र प्रवेश गरेपछि थप आठवटा लाइन सञ्चालन गरिने भएको छ। तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले उनीहरूको सुरक्षा र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै महिला सुरक्षाकर्मीको संख्या बढाएर परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। यस्तै, पशुपति क्षेत्रमा सवारीसाधनको...

Read More

शान्ति सुरक्षा विकास र सिर्जनशीलताको पहिलो आधार हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताए । आइतबार जेनजी आन्दोलनका क्रममा पुर्ण रुपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृत गौशालाको भवन उद्घाटन गर्दै महानिरक्षक कार्कीले नागरिकमा सुरक्षाको प्रत्याभूती नभएसम्म कुृनैपनि क्षेत्रमा प्रगती संभव नहुने बताएका हुन् । उनले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित यस भवनले नेपाल प्रहरीको दृढता, पुरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभावलाइ झल्काएको उल्लेख गरे । भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूको सोच, आचरण र सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्ने उनको भनाइ छ । महानिरीक्षक कार्कीले क्षतिग्रस्त ४ सय ५९ वटा संरचनामध्ये हालसम्म ४ सय...

Read More

‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ मा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर

काठमाडा – असोज १ गते देखी भृकुटीमण्डपमा सुरु हुन गईरहेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ मा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर दिने भएको छ । आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाडौंमा हुन लागेको सिजी प्रपर्टी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पोले सुलभ मूल्यदेखि भारी छुटसम्मका विकल्प अघि सारेको छ । एक्स्पो ५ हजार १ मै टोकन बैना गर्न सकिने अफर सार्वजनिक गरिएको छ । काठमाडौं नजिकै तीन बेडरुम सहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिँदैछ । असोज...

Read More

एथर नेपालको १५औँ एक्सपेरियन्स सेन्टर नेपालगन्जमा विस्तार

नेपालगन्ज- एथर नेपालले नेपालमा आफ्नो विद्युतीय मोबिलिटीको राष्ट्रव्यापी सञ्जाललाई थप विस्तार गर्दै नेपालगन्जमा आफ्नो १५औँ Experience Center सञ्चालनमा ल्याएको छ। Buspark Road, New Road 2, Nepalgunj मा अवस्थित यस नयाँ Experience Center मार्फत नेपालगन्ज तथा आसपासका क्षेत्रका ग्राहकहरूले Ather का नवीनतम electric scooters, प्रविधि तथा ग्राहक अनुभवलाई नजिकबाट अनुभव गर्न सक्नेछन्। यस विस्तारसँगै नेपालभर प्रिमियम, भरपर्दो तथा प्रविधिमा आधारित विद्युतीय मोबिलिटीलाई थप पहुँचयोग्य बनाउने Ather Nepal को यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ। नेपालगन्जमा नयाँ Experience Center थपिएसँगै Ather को Experience Center सञ्जाल अब Kathmandu, Pokhara, Chitwan, Itahari, Butwal, Janakpur, Birtamod, Birgunj, Dharan र Biratnagar लगायतका प्रमुख शहरहरूमा विस्तार...

Read More