Author: Himalaya Post

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी –  मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी) मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । सिरुवारी क्षेत्रमा वर्षा हुनेबित्तिकै...

Read More

निजी क्षेत्रसँग सहकार्यबिना आर्थिक विकास सम्भव छैन : असिम शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार नीजिमैत्री नीति लिई अघि बढिरहेको स्पष्ट पार्दै व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हिजो कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग संविधान संशोधनका विषयमा सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव नभएको बताए । सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको दाबी गर्दै उनले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्‍याउने कार्यमा संलग्नहरुमाथि मात्रै कानुनी कारबाही भइरहेको स्पष्ट पारे । “प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय...

Read More

निर्वाचनसम्बन्धी दुई विधेयक पारित

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन् । पारित विधेयकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३’ र ‘मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३’ छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन  विधेयक, २०८३’ माथिको दफाबार छलफलमा सांसद प्रेमबहादुर बयकले भाग लिँदै निर्वाचनमा समानुपातिकतर्फ...

Read More

लक्ष्मी सनराईज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेड बीच आईपीओ निष्काशन व्यवस्थापन सम्झौता

काठमाडौं- लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष श्री अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरेका छन् ।  सम्झौता अन्तर्गत, लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्ने भएको छ। यो साझेदारीले नेपालको पूँजी बजारलाई सुदृढ पार्ने र आम जनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित...

Read More

बजेट लेखन अन्तिम चरणमा; डा. स्वर्णिम वाग्ले

काठमाडौँ –  सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरेका छन् । जेठ १५ गते गणतन्त्र दिवसको दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । पछिल्ला केही दिनदेखि अर्थमन्त्री डा .वाग्लेले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम...

Read More