Author: Himalaya Post

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं – गत भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानले तत्काल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले जनताको अधिकार भन्दा ठूलो कुनै सत्ता र शक्ति हुँदैन, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर, मानवअधिकार आयोग हराएको देश लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले १० महिना हुँदा पनि आयोगको प्रतिवेदन सार्वजनिक नभएका कारण विरोध गर्नु परेको बताए । उनले देशको मानवअधिकार सुनिश्चित गर्ने आयोगले आफ्नै प्रतिवेदन सार्वजनिक गर्न...

Read More

प्रतिनिधिसभा बैठक : श्रम संस्कृति पार्टीको विरोध कायमै

काठमाडौ – प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ गर्नुपर्ने माग दोहोराउँदै आफ्नो विरोध कायमै रहने बताए । सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे । यसपछि सांसद राईले बस्न नमानेर बैठक बहिष्कार गरे । बैठकमा अहिले आकस्मिक समय सुरु भएको छ । सभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)  विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । संसद् सचिवालयका...

Read More

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ –  यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो । एकाइले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत यहाँका किसानकोमा माग सङ्ख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो । कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमका अनुसार स्याउ र आलु जोनमा सूचीकृत किसानलाई कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको हो । पाँच स्थानीय तहका स्याउ र...

Read More

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं –  भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ । स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । भेटवार्तामा उनीहरुबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिएको थियो । भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उनीहरुबीच छलफल भएको डा अधिकारीले बताए । सो क्रममा उनीहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता...

Read More

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएको छ । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएको हो । “सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सम्वद्र्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ”, उनले भने । राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिनेजस्ता समस्या...

Read More