Author: Himalaya Post

प्रधानमन्त्रीलाई गगनको पत्र : काठमाडौँ लगायत ‘हटस्पट’मा जनस्वास्थ्य आपतकाल घोषणा गर्नुहोस्

सम्माननीय प्रधानमन्त्रीज्यू, कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौँ । तर, महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह-तप्काकाको सहयोग हुँदाहुँदै सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको हो। कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पछिल्लो पटक २०७७ असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट तपाईँलाई भेटेरै ध्यानाकर्षण गराएको र त्यस लगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको अवगत नै होला । असार १८ गते षडयन्त्रपूर्वक संसदको बैठक अन्त्य नगरेको भए शायद अहिले संसदमा...

Read More

डोटीमा डेढ करोड लागतमा पिसिआर प्रयोगशाला सञ्चालन

डोटी – डोटी जिल्ला अस्पतालमा कोभिड–१९ परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यसले अछाम, बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कूल रु एक करोड ५० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । प्रयोगशालाले एक पटकमा कम्तीमा ३०० को स्वाब परीक्षण गर्ने लक्ष्यअनुसार काम भइरहेको बायोमेडिकल इञ्जिनीयर जय साउँदले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज यहाँ प्रयोगशालाको शुभारम्भ गर्दै कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारले अग्रगामी भूमिका निर्वाह गरेको बताए । उनले भने, “कोरोना नियन्त्रण तथा...

Read More

क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा

टोरन्टो – क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उनले मन्त्री सहित साँसद पदबाट पनि राजीनामा दिएको समाचारमा जनाइएको छ । अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् । सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो । मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात...

Read More

रारा जाने छोटो बाटो निर्माण अन्तिम चरणमा

नृपेन्द्रबहादुर मल्ल, मुगु – मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय मार्ग निर्माण थालेपछि सदरमुकामबाट रारा पुग्न अब सात किमी दूरी छोटो हुने भएको छ । कणाली राजमार्ग भएर रारा आउने पर्यटक दूरी टाढा हुँदा सदरमुकाम गमगढी नझरेर फकर्ने गर्दै आएका छन् । सदरमुकामको सिरानमा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि त्यसको फाइदा सदरमुकामवासीले...

Read More

यस वर्ष गोकर्णे औँसीको मेला नहुने

काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला यसवर्ष स्थगित गर्ने निर्णय नगरपालिकाले गरेको छ । नगर कार्यपालिकाको सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक मेला नगर्न नगराउन आह्वान गरिएको नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको महामारीका बेला घरघरमै सुरक्षित बसेर पितृप्रति सम्मान गर्न पनि नगरपालिकाले आह्वान गरेको छ ।नगरपालिकाको निर्णयअनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्ने गरी जान नपाउने व्यवस्था गरिएको वडा...

Read More