Author: Himalaya Post

सरकारको सार्थक पहल : ९० प्रतिशत जनसंख्यामा पुग्यो विद्युत् पहुँच

रमेश लम्साल, काठमाडौँ –  आर्थिक वर्ष ०७६/७७ मा देशभरका कूल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण क्षेत्रमा समेत विद्युत् पुगेको हो । सो आवमा कूल १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कूल जलविद्युत् जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको छ । सरकारले कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आवमै सक्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । गत आवमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २६० किलोवाट घण्टा पुगेको छ...

Read More

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी – सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि भोलि बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । स्थानीय प्रशासन ऐन...

Read More

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता

काठमाडौँ – माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । बैंकको डेबिट-क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले देशभर १५९ वटा...

Read More

महादेव पोखरी र कालदहमा मेला, खेतखेतमा भ्यागुतोलाई भात

भक्तपुर – कोभिड–१९ को सङ्क्रमणको बीचमा पनि आज यहाँका विभिन्न कुण्ड एवं पोखरीमा मेला लागेको छ । नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिने नगरकोटस्थित महादेवपोखरी कुण्डमा आज बिहानदेखि मेला लागेको हो । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजनले महादेव पोखरी मन्दिरमा पुगेर कुण्डमा नुहाएर महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहँदै आएको छ । हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका मानिस आउने गरे पनि यस वर्ष भने कोरोनाका कारण मेला भर्न आउनेको भीड नभएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । गोसाइँकुण्डको पानी महादेव...

Read More

सेतीमा बेपत्ता दुइटै स्वास्थ्यकर्मीका शव भेटिए

डोटी – सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले दिएको जानकारीअनुसार बझाङ जिल्ला घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंहको शव आज शिखर नगरपालिका–१० बणैताप भन्ने ठाउँमा फेला परेको हो । आइतबार साँझ डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव केआईसिंह गाउँपालिका–५ को बुवातडा भन्ने ठाउँमा फेला परेको थियो । नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनीहरु दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार शैलश्वरी मन्दिर...

Read More