Author: Himalaya Post

हर्क साम्पाङको तस्वीर पार्टी कार्यक्रममा अनिवार्य प्रयोग गर्न उर्दी

काठमाडौं – श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पार्टी मातहतको समितिलाई यस्तो निर्देशन दिएका हुन्। पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ।’ पत्रमा अध्यक्ष साम्पाङलाई श्रम पिताको रूपमा व्याख्या गरिएको...

Read More

आर्मी क्लब च्याम्पियन, प्रदीप खड्का र सिभाली गुरुङ उत्कृष्ट

काठमाडौं – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ । यसै सन्दर्भमा आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका हुन् । यसैगरी सो प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो । यही जेठ ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो...

Read More

‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’: संसदीय दलको उपनेता राई

काठमाडौं – नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । गणतन्त्रका लागि विसं २००७, २०१७, २०३६ / २०४६ मा राजनीतिक सङ्घर्ष र जनआन्दोलन भए । २०५२–२०६ को सङ्घर्ष, २०६२-६३ को जनआन्दोलन दोस्रो जनआन्दोलन र मधेस आन्दोलन तथा विभिन्न समयमा भएका सङ्घर्षबाट २०६५ जेठ १५ गते संविधानसभाको पहिलो वैठकले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । करिब २४० वर्षीय शाहवंशीय राजतन्त्रको अन्त्य भएको दुई दशक हुनै लागेको छ । अहिले हामीले देशको सर्वोच्च पद शासक वंशका आधारमा नभई निर्वाचन वा प्रतिनिधिबाट चयन हुने व्यवस्थाको अभ्यास गरिरहेका छौँ । तर, व्यवस्था फेरिए पनि जनताको अवस्थामा तात्विक परिवर्तन हुन नसकेको...

Read More

प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ । सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषिबालीमा समेत प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे। सांसद सोम शर्माले विपद् जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्र गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्तापाता लगाइदिन आग्रह गरे । सांसद सन्दीप रानाले विषादी च्याउ खाएर मानिसको मृत्यु भएको दृष्टान्त पेस गर्दै खान मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गरे ।...

Read More

बागलुङ र गुल्मीमा हावाहुरीको क्षति, राहत र पुनर्स्थापना गर्न सांसदहरूको माग

काठमाडौं – सांसदहरुले सोमबार रातीको हावाहुरीले देशका बिभिन्न स्थानमा सर्वसाधारणको घरमा क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरुले हावाहुरीबाट प्रभावित पीडितहरुलाई राहतका साथै अस्थायी वसोवासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद सोम शर्माले बागलुङमा ठूलो हावाहुरीसहितको बर्षका कारण ३४ घरका साथै चार वटा विद्यालयमा क्षति पुगेको जानकारी गराए । उनले हावाहुरीका कारण बालीमा समेत क्षति पुगेको भन्दै बिपद् प्राधिकरणमार्फत उचित राहतका साथै क्षतिपूर्तिको माग गरे । त्यस्तै सांसद बलावती शर्माले हावाहुरीका कारण बागलुङका सवै पालीकाका बासिन्दाहरु प्रभावित भएको भन्दै घरबारबिहीन हुनपरेका नागरिकलाई तत्काल राहतका साथै अस्थायी बसोबासको...

Read More