Author: Himalaya Post

तत्काल उखु किसानको भुक्तानी गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसंग माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद सिंहले चिनी मिलले अझै पनि उखु किसानको बक्यौता भुक्तानी नगरेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका छन् । साथै उनले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेकाले सरकारले दिने रकम पनि चाँडै उपलब्ध गराउन आग्रह गरे । उनले रोपाइँको सिजन सुरू हुन लागेको समयमा मलको उपलब्धता हुन नसकेकाले मलको व्यवस्था गर्न पनि माग गरे । सांसद सिंहले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी...

Read More

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३८ जना घाइते

काठमाडौं – काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुको बरइपुरमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका(४ बरइपुरस्थित तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले भने, घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ...

Read More

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको हो । आजको बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरिने सम्भावित कार्यसूची रहेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।...

Read More

लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

एजेन्सी – इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । यसै बीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्की पछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखाइएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च –२ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन् । अप्रिल –१६ देखि लागु भएको युद्धविराम...

Read More

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ...

Read More