Author: Himalaya Post

नेप्से परिसूचकमा २७ दशमलव ८५ अङ्कको वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ७८६ दशमलव ३५ मा पुगेको छ । यो एक प्रतिशत बराबरको वृद्धि हो । ठूला कम्पनीको कारोबारमापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक तीन दशमलव ८५ अङ्कले उकालो लागेर ४७५ दशमलव ७४ मा पुगेको छ । कारोबार भएकामध्ये २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको भने घटेको छ । कूल ३४२ कम्पनीको एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर रु पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार...

Read More

दक्ष, गुणस्तरीय र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह; प्रधान सेनापति अशोकराज सिग्देल

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी  थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरी अघि बढ्न सो संस्थानलाई शुभकामना दिएका छन्। चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं महत्वपूर्ण विषयका जनशक्ति उत्पादन गरेर छोटो समयमै स्वदेश तथा विदेशमा आफूलाई सुपरिचित गराउन सकेकामा संस्थानको प्रशंसा गर्दै प्रधान सेनापति सिग्देलले आगामी दिनमा समयानुकूल थप गुणस्तारीय फड्को मार्दै अघि बढ्न आग्रह...

Read More

सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अघिल्लो सरकारले गठन गरेको सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो । २०८२ माघ २ गते सुशीला कार्की नेतृत्वको सरकारले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । त्यस्तै बैठकले आगामी आर्थिक बर्षका लागि मोटो धानको रु ३६६० प्रति क्विन्टल र मध्यम धानको रु ३८६० प्रति क्विन्टल न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। बैठकले नेपाल नागरिक उड्डयन...

Read More

१५ बुँदे मागसहित भूमिहीन–सुकुम्बासी समितिद्वारा देशव्यापी आन्दोलन घोषणा

काठमाडौं – नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले आफुहरुले अघि सारेका १५ बुँदे माग पुरा नभए आन्दोलन गर्ने भन्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । उनीहरुले बिकल्प दिएर मात्रै डोजर लगाउनुपर्ने, जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकालाई जमिनसहित उचित व्यवस्था गर्नुपर्ने, नागरिकको संवैधानिक र मानवीय अधिकारको संरक्षण गर्नुपर्ने लगाएतका माग अघि सारेका छन् । समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको बताए । उनले अहिले बसेकै स्थानमा जमिन दिन पनि सरकारको ध्यानाकर्षण गराए ।...

Read More

रक्तनलीको सुजन भास्कुलाइटिस रोग स्थिति र चुनौती

काठमाडौँ – हाम्रो समाजमा जीउ दुख्यो, झमझम भयो वा हातखुट्टा गल्यो भने धेरैले त्यसलाई नसा बाथ भन्ने गर्छन् । कतिले त खुट्टामा देखिने फुलेका नीला नसासँग पनि यसलाई जोड्छन् । तर, ती फुलेका नीला नसा बेग्लै कुरा हुन्—ती त रगतलाई फेरि मुटुतिर फर्काउने सामान्य नसा मात्र हुन्, र तिनलाई ‘वेरिकोज भेन्स’ भनिन्छ । यो लेखमा ‘भास्कुलाइटिस’का बारेमा चर्चा गरिएको छ । नेपालीमा भन्दा यसलाई रक्तनलीको सुजन भन्न सकिन्छ । भास्कुलाइटिस भनेको के हो त ?  पहिले एउटा कुरा थाहा पाउनुपर्छ ः हाम्रो शरीरभित्र एउटा सुरक्षा प्रणाली हुन्छ–जसरी देशको सेनाले बाहिरी शत्रुसँग लड्छ । त्यसैगरी, यो प्रणालीले शरीरभित्र पस्ने कीटाणु...

Read More