हुम्ला–बाजुरा सीमा विवादबारे छानबिन टोली गठन
काठमाडौं – हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ। गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मन्त्रालयका सचिवको संयोजकत्वमा बसेको आकस्मिक बैठकले रक्षा सचिवसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा उक्त निर्णय गरेको हो। टोलीलाई तत्काल घटनास्थलमा खटिएर आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय भएको उल्लेख गर्दै हुम्ला र बाजुरा दुवै जिल्लामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका विशेष टोली परिचालन गरिएको जानकारी दिइएको छ। सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित...
Read More

























