Author: Himalaya Post

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम घोषणा

‘राज्यले दिएको मानसिक यातनाका कारण शिक्षकहरुले मृत्युवरण गर्नु परेको समितिको आरोप’ काठमाडौं – अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकाली (काठमाडौं) को धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने...

Read More

नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

ललितपुर– नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘उक्त भूउपग्रह अन्तरिक्षयान पृथ्वीको सतहबाट ४०० किमीको उचाइमा रही अन्तरराष्ट्रिय केन्द्रमा जोडिन सफल भएको छ’, उनले भने, ‘नाष्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउन्ड स्टेशनका साथै जापानको ग्राउन्ड स्टेशनबाट...

Read More

फिलिपिन्समा पुनः भूकम्पको धक्का, मृतकको संख्या ११ पुग्यो

एजेन्सी – मनिला, वैशाख ९ गते । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । यसैबीच, सोमबारको भूकम्पबाट मारिने व्यक्तिको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको उक्त भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने...

Read More

७१ वर्षीया वृद्धाको प्रतिज्ञा : छोरी र बुहारीलाई छाउ गोठको पीडा भोग्न दिन्न

अछाम – छाउपडी प्रथा अन्त्यका लागि हुने विभिन्न गोष्ठी, छलफल र अन्तक्र्रियामा यसको मुख्य कारक वृद्धवृद्धा र धामीझाँक्रीलाई मान्ने गरिन्छ । परम्परागत सोच, धामीझाँक्री र देवता रिसाउने भन्ने मान्यताकै कारण छाउप्रथाले समाजमा विकराल रुप लिएको हो । यसरी समाजमा देखिएको छाउप्रथा अन्त्यका लागि साँफेबगर नगरपालिका–६ भागेश्वरका एक महिलाले यस विरुद्ध अभियान सञ्चालन गरेको छ । छाउप्रथा विरुद्धको अभियानमा सक्रियतापूर्वक लागेकी ७१ वर्षिया नरपता बोहराले आफ्नो घरमा छोरी र बुहारीलाई महीनावारी हुँदा हातै समातेर घरमै सुरक्षित बस्न सम्झाउँछिन् । “घरमा महीनावारी हुँदा छोरी र बुहारीले खाना पकाउनुपर्छ भन्ने डरले बाहिर बस्छौँ भन्छन् तर म हातै समातेर खाना पकाउ सँगैखाऔँ सँगैबसौं...

Read More

राष्ट्रपतिद्वारा जङ्गी अड्डा भवनको उद्घाटन

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन्। उनी नेपाली सेनाका परमाधिपति समेत हुन्। गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो । भवन निर्माणका लागि दैनिक ४०० जनशक्ति अहोरात्र खटिएका थिए । सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४...

Read More