Author: Himalaya Post

राष्ट्रपतिको भ्रमणले नेपाल-चीन सम्बन्ध नयाँ उचाईमा पुग्छ : मन्त्री ज्ञवाली

‘यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ’ काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे । उनले भने, ‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाई्रंमा पुग्छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’ राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग...

Read More

श्रीलङ्कामा सङ्कटकालको घोषणा

कोलम्बो– श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागुहुनेगरी सङ्कटकाल लागु हुनेछ । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी झण्डै २९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ । राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गर्नुभएको सञ्चार विभागले जनाएको छ । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका...

Read More

फिलिपिन्समा भूकम्प, ६ जनाको मृत्यु

मनिला – फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ...

Read More

भक्तपुरको बालकोटमा प्रभु बैँकको नयाँ शाखा सञ्चालन

काठमाडौँ – प्रभु बैंक भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ स्थित बालकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार बाट सुरु भएको उक्त शाखाको एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद महेश बस्नेतले उद्घाटन गरेका हुन् । त्यस अवसरमा सांसद बस्नेतले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहकामा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गरेकोमा प्रशंसा गरे । यस्तै प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र भक्तपुरबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आफ्ना ग्राहकसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे। साथै, बैंकले नेपाल सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि...

Read More

प्रधानमन्त्रीको गृह जिल्ला पुगेर देउवाले भने, ‘कांग्रेस कमजोर प्रतिपक्ष होइन’

काठमाडौँ – नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकिर थियो । झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, “काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन ।” काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, “यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर...

Read More