Author: Himalaya Post

१५ हजार घुससहित नायब सुब्बा पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ...

Read More

राजपाले हावाहुरी प्रभावितलाई ५ लाख सहयोग गर्ने

काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राजपा नेपाल अध्यष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले सामबार एक विज्ञप्ति जारी गर्दै पीडितहरुका लागि पार्टीले राहतस्वरुप ५ लाख रुपैयाँ उपलव्ध निर्णय गरेको जनाएका छन् । त्यस्तै राजपाले आफ्ना नेता कार्यकर्ताहरुलाई राहत सहयोग संकलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश विदेशमा रहेका सवैलाई अपिल गरेको छ । राजपाले प्राकृतिक विपतको अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ...

Read More

प्रधानमन्त्री ओली कलैया पुग्दा जे देखियो..

बारा – प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षणमा आएका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन् । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आएका हुन् । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका,...

Read More

विस्थापित परिवारको पुर्नस्थापनाको व्यवस्था गर्न नेविसंघको माग

काठमाडौं – नेपाली विद्यार्थी संघले आफ्ना कार्यकर्तालाई बारा र पर्सा लगायत तराईका जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहात कार्यमा जुट्न आग्रह गरेको छ। आइतबार बेलुका आएको विनासकारी हावाहुरीका कारण देशले अकल्पनिय क्षती ब्यहोर्नुपरेको बताउँदै नेविसंघले घटनाप्रति दुःख ब्यक्त गरेको छ । नेविसंघले घाइतेको उपचारमा तदारुपता देखाउन पनि आग्रह गरेको छ। नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, तत्काल घाइतेहरुको उद्दार, उपचार तथा राहत कार्यमा सरकारले तिव्रता दिनुका साथै विस्थापित परिवारको सरकारले चाँडो भन्दा चाँडो पुर्नस्थापनाको ब्यवस्था गरोस्। आइतबार साँझ बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको ज्यान गइसकेको छ । ५ सय...

Read More

नेकपाका सांसदको राहत : एक दिनको पारिश्रमिक प्रधानमन्त्री उद्दार कोषमा

काठमाडौँ – आइतबार बारा र पर्सामा हावाहुरीका कारण भएको क्षतीको राहतस्वरुप नेकपाका संघीय सांसदले आफ्नो एक दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रतिनिधिसभाका सांसदको एक् दिनको पारिश्रमिक कोषमा जम्मा गरिने जानकारी गराएका हुन् । प्रभावितहरुको राहत र उद्दारका लागि सक्रीय हुन आह्वान गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम गरिने समेत जानकारी गराउँछु ।’ प्रधानमन्त्री ओली सोमबार नै झापाको...

Read More