Author: Himalaya Post

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत – समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान, प्रविधि तथा पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो ।   खगोल विज्ञानसँग सम्बन्धित विज्ञ तथा इन्जिनियरको सहयोगमा आवश्यक अध्ययन, अनुसन्धान गरी अध्ययन केन्द्र स्थापना गर्न उपयुक्त स्थानका रूपमा पहिचान गरेर योजना अघि बढाइएको गाउँपालिकाले कार्यालयले जनाएको छ । एउटै स्थानबाट करिब एक दर्जन जिल्ला सदरमुकामको दृश्यावलोकन गर्न सकिने, नजिकबाट तारामण्डल र सौर्यमण्डल, ग्रह, उपग्रह, चन्द्रमालगायत आकाशीय...

Read More

अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित बजेट ल्याइने : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका साथ आगामी आर्थिक बर्षको बजेट आउने बताएको छ । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार ठूलो बनाउने सरकारको लक्ष्य भएकाले यसपटकको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेट त्यसतर्फ सोझिएको बताएका हुन् । उनले आर्थिक सुधारका कामहरुलाई निरन्तरता दिदै मुलुकको अर्थतन्त्रको आकार बढाउनुपर्नेमा जोड दिए । उनले उद्यममैत्री, निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा सरकार रहेको समेत बताए । सार्वजनिक ऋणका बिषयमा सांसदहरुले उठाएका प्रश्नमा मन्त्री वाग्लले वर्तमान सरकारले सीमा भन्दा बाहिर गएर...

Read More

एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ सिजी डिजिटल उपभोक्ताको पहिलो रोजाइ

काठमाडौं- आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ। यही समस्याको समाधानका रूपमा चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले “All Brands in One Roof” अर्थात् “एकै छानामुनि सबै ब्रान्ड” को अनुभव प्रदान गर्दै नेपाली बजारमा आफूलाई फरक रूपमा स्थापित गरेका छ। नेपालभर रहेका २८ वटा अत्याधुनिक शोरूममार्फत CG Digital र LG Brand Shop ले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका...

Read More

बेलायती मन्त्री मल्होत्रा नेपालमा

काठमाडौं -संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आउनुभएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ । उहाँले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट बिबिआई र इन्भेष्ट फर इम्प्याक्ट नेपाल आइआइएन संस्थाका पदाधिकारीसँग भेटघाट गर्नुभएको दूतावासले जनाएको छ । बिबिआईले नेपाललाई लगानी गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको छ...

Read More

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा रहेको उल्लेख गर्नुभएको छ । अन्तरराष्ट्रिय जैविक विविधता दिवस मे २२ को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताउनुभयो । उहाँले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल विसं २०५० देखि जैविक विविधता महासन्धिको पक्ष राष्ट्रका रूपमा रहँदै आएकामा हरेक वर्ष जस्तै यस वर्ष पनि विश्वव्यापी प्रभावका लागि स्थानीय पहल...

Read More