Author: Himalaya Post

बड्डीचौर खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती

कर्णाली-  सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर-बिउरेनी-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । करिब चार वर्षसम्म सडक नबन्दा पश्चिम सुर्खेतका तीन पालिकाका ७५ हजारभन्दा बढी नागरिकले सास्तीपूर्ण यात्रा गर्दै आएका छन् । उक्त सडक निर्माणको जिम्मा लिएको अनक/जयदेवी जेभी निर्माण सेवाले चार वर्ष लाग्दासमेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नुपर्ने बाध्यता छ । निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी सम्झौताका साथ बड्डीचौर-बीउरेनी-खम्बागाडे १३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । “भ्याटसहित रु...

Read More

पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म ८७ हजार ८६३ जना नेपालीले भरे अनलाइन फर्म

काठमाडौं-  पश्चिम एसियामा बढ्दो द्वन्द्व र असुरक्षाका कारण त्यहाँ रहेका नेपाली नागरिकले सरकारको सम्पर्कमा आउन थालेका छन्। परराष्ट्र मन्त्रालयले खुलाएको अनलाइन विवरण फारममा हालसम्म ८७ हजारभन्दा बढी नेपालीले आफ्नो जानकारी दर्ता गराएका छन्। इजरायल, इरान, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशमा रहेका नेपालीहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आफ्नो विवरण उपलब्ध गराएका हुन्। सरकारले संकटको अवस्था थप जटिल हुनसक्ने अनुमान गर्दै नेपालीहरूको तथ्यांक संकलनलाई तीव्र बनाएको जनाएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार फारममार्फत संकलित विवरणले आवश्यक परे उद्धार, समन्वय तथा आपत्कालीन सहायता उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ। सरकारले पश्चिम एसियामा रहेका नेपालीलाई सतर्क रहन, स्थानीय सुरक्षा निकायको...

Read More

महिला साफ च्याम्पियनसिप डिजियो खेलकुदका ठूला प्रतियोगिताहरूको ‘ब्याक-टु-ब्याक’ मेला अब एउटै एपमा

काठमाडौं-  नेपाल – २१ मे, २०२६  नेपालको अग्रणी डिजिटल प्लेटफर्म डिजियोले दक्षिण एसियाली फुटबल महासंघ महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ। साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेष्ठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुने भएको छ। यसअघि  डिजियोले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त गरेको थियो। नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु   ठूलो उपलब्धि हो र यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा डिजियोमा उपलब्ध हुनेछ, डिजियोका स्पोर्ट्स हेड, बिपुल भट्टराईले बताएका छन् । हामीले डिजियोमा खेलकुदको एउटा यस्तो बलियो पूल  बनाएका...

Read More

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ को कार्यक्रम शुभारम्भ

काठमाडौँ-  उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौँको नयाँबसपार्कमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा उक्त अभियानको शुभारम्भ भएको हो । नयाँ बसपार्क सहित कलंकी, नागढुङ्गा, फर्पिङ, भक्तपुर लगायतका विभिन्न स्थानमा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरेरै आजबाट सेवा दिन सुरु गरिएको छ । मनसुनको समयमा सडक दुर्घटना, पहिरो, डुवान, चिप्लोपन र पारदर्शिता लगायतका कारणले मानव जीवन र यातायात व्यवस्थापनमा ठूलो चुनौती सिर्जना हुँदै आएकोले यस्ता जोखिमलाई न्यूनीकरण गर्दै सडक सँस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर...

Read More

चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत

काठमाडौँ-  चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ । सङ्घले रु ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई, रु ५१ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीलाई, रु ५१ हजार राशिको दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई र रु २५ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुङ्गानालाई प्रदान गरेको हो । सङ्घद्वारा बिहीबार साँझ आयोजित...

Read More