Author: Himalaya Post

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा रहेको उल्लेख गर्नुभएको छ । अन्तरराष्ट्रिय जैविक विविधता दिवस मे २२ को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताउनुभयो । उहाँले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल विसं २०५० देखि जैविक विविधता महासन्धिको पक्ष राष्ट्रका रूपमा रहँदै आएकामा हरेक वर्ष जस्तै यस वर्ष पनि विश्वव्यापी प्रभावका लागि स्थानीय पहल...

Read More

काठमाडौंमा नेपाल हस्तकला एक्स्पो सुरु

काठमाडौं – नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो सुरु भएको छ । हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला एक्स्पो आयोजना गरिएको महासंघले जनाएको छ । जेठ १० गतेसम्म बालुवाटारस्थीत आम्रपाली व्यङ्केटमा चल्न एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगाएत अन्य नेपाली निकासी संभाव्यता भएका बस्तुहरुको करिव ७० वटा स्टल रहेका छन् । एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापीत हुने, मूर्त अमूर्त कला संस्कृति एवं पराम्परागत परिकारहरुको संरक्षणमा सहयोग पुने विश्वास रहेको महासंघले उल्लेख गरेको...

Read More

देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्ने बताएको छ । पूर्वसांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटैं अंगको गति एउटै हुनुपर्ने बताएको हो । मुलुकलाई आवश्यक नीति नियम बनाउन सवैको नियत सफा हुनुपर्ने उनले बताए । त्यस्तै सभामुख अर्यालले अग्रज पुस्ताहरुको अनुभव, अहिलेको नयाँ पुस्ता र वर्तमान पुस्ता मिलेर अघि जान सके देश बन्न धेरै समय नलाग्ने धारणा राखे । उनले संघीय संसदले आगामी पचासौँ वर्षको भविष्यलाई हेरेर पुराना कानुनहरूको संशोधन या खारेज र नयाँ कानूनलाई अघि बढाउन विशेष...

Read More

निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन

काठमाडौं – संसदीय समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याको तत्काल पहिचान गरि आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने निर्माण उद्योगहरूमध्ये पूर्वमा जारी युद्धका कारण समस्यामा परेको देखिएको समिति सभापति आशिष गजुरेलले बताए । मूल्यवृद्धिका कारण धेरै निर्माण व्यवसायीले निर्माण कार्य गर्न नसक्ने अवस्थाका कारण देश विकास र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समस्या समाधान गर्न...

Read More

टि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टिट्वान्टी खेलमा जित हासिल गरेको  छ । मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो । मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक...

Read More