Author: Himalaya Post

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन ओभरलोडिङ रोक्न सम्बन्धित निकायसँग कडाइका साथ कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघले सवारी तथा यातायात व्यवस्था ऐन २०४९तथा मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ संशोधन सहित पूर्ण रूपमा लागू गर्न माग गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई औपचारिक पत्राचार गरेको हो। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाका अनुसार रुपन्देही, नवलपुर कावासोती र कैलाली लगायतका जिल्लामा तोकिएको कानुनी सीमा भन्दा बढी भार बोकेर मालवाहक सवारी सञ्चालन भइरहेको पाइएको छ। यसले सडक, पुल तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुर्‍याउनुका साथै सडक...

Read More

उद्योग वाणिज्य संघको चुनावी माहोल तातियो, शुक्रबार मतदान

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन निर्धारित समयमै हुने भएको छ। निर्वाचन रोक्ने प्रयास र मागहरू उठे पनि संघले शुक्रबार नै मतदान गराउने निर्णयलाई यथावत राखेको जनाएको छ। संघ स्रोतका अनुसार नेतृत्व चयन प्रक्रिया रोक्ने विषयमा केही समूहले असन्तुष्टि जनाए पनि संस्थागत नियमअनुसार निर्वाचन अघि बढाइने तयारी गरिएको छ। यससँगै चुनावी माहोल झनै तातिएको छ र उम्मेदवारहरू आ–आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय भएका छन्। वरिष्ठ उपाध्यक्ष पदलाई संघको भावी नेतृत्वको प्रमुख आधार मानिने भएकाले यस पदका लागि प्रतिस्पर्धा विशेष रूपमा चासोको विषय बनेको छ। व्यवसायी समुदायमा यस निर्वाचनलाई प्रतिष्ठा र प्रभाव दुवैसँग जोडेर हेरिएको छ।...

Read More

प्रधानमन्त्रीको अनुपस्थितिले मलाई दबाब पर्दैन ;रास्वपा सभापति रवि लामिछाने

काठमाडौं – प्रतिनिधिसभाको लगातार अवरोध र सरकार–विपक्षबीच बढ्दो तनावका बीच रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसदमा उपस्थित नभए पनि आफूलाई कुनै दबाब नरहेको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संसदलाई प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्ने बताए। लामिछानेले प्रधानमन्त्री संसदमा आउने वा नआउने विषयभन्दा पनि जनताका मुद्दामा सरकारको स्पष्ट धारणा आउनु आवश्यक रहेको उल्लेख गरे। उनले विपक्षी दलहरूले उठाइरहेका विषयलाई बेवास्ता गरेर संसद सञ्चालन सहज नहुने चेतावनीसमेत दिए। “हामीले उठाएका प्रश्न व्यक्तिगत होइनन्, जनतासँग जोडिएका विषय हुन्,” उनले भने, “प्रधानमन्त्री संसदमा नआए पनि मलाई कुनै दबाब छैन, तर सरकार जवाफदेही हुनुपर्छ।” उनले संसद अवरोधको जिम्मेवारी विपक्षीमाथि मात्रै...

Read More

महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

काठमाडौँ-  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताउनुभएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारकोतर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताउनुभयो । कार्यक्रममा मन्त्री पोखरेलले...

Read More

वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफाबार छलफका लागि बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको थियो । उक्त विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरु लीमा अधिकारी...

Read More