Author: Himalaya Post

सभामुखको भूमिकामाथि कांग्रेस आक्रामक, संसदमा निष्पक्षतामाथि प्रश्न

काठमाडौं –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। संसद बैठक सञ्चालनमा निष्पक्षता कायम गर्न नसकेको आरोप लगाउँदै कांग्रेस सांसदहरूले सभामुखको व्यवहार सत्ता पक्षअनुकूल देखिएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद कांग्रेसका सचेतक निश्कल राईले सरकारसँग जवाफ माग्ने विषयमा सभामुख मौन बसेको आरोप लगाए। उनले संसद प्रतिपक्षको आवाज उठाउने थलो भए पनि सभामुखले त्यसलाई प्रभावकारी रूपमा संरक्षण गर्न नसकेको टिप्पणी गरे। कांग्रेसले विशेषगरी सुशासन, भ्रष्टाचार र सरकारका निर्णयमाथि उठाइएका प्रश्नमा पर्याप्त छलफलको वातावरण नबनाइएको भन्दै असन्तुष्टि जनाएको छ। प्रतिपक्षले उठाएका संवेदनशील विषयलाई कार्यसूचीमा प्राथमिकता नदिइएको कांग्रेसको भनाइ छ। यता सत्ता पक्षले भने सभामुखले संसदको...

Read More

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ – लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा सकेर नतिजा पर्खिरहेका विद्यार्थीलाई लक्षित गर्दै ७ दिने निःशुल्क कार्यक्रम सञ्चालन गर्ने भएको छ। जेठ ११ गते देखि सुरु हुने “करिअर पाथ वे” मा विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले प्रोग्रामिङ, एआई, साइबर सेक्युरिटी, वेभ डेभलप्मेन्ट, मोबाइल डेभलप्मेन्ट जस्ता आधुनिक आइटी क्षेत्रबारे जान्न पाउने छन् । दैनिक ३ घण्टा नयाँ नयाँ विषयमा ज्ञान लिएका विद्यार्थीले एक साता लामो कोर्स सकेपछि सर्टिफिकेट पनि पाउनेछन् । विभिन्न शैक्षिक पृष्ठभूमिबाट आएका विद्यार्थीलाई आइटी उद्योगको वर्तमान अवस्था, भविष्यका अवसर तथा आवश्यक सीपबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका...

Read More

मलमासमा जाग्ने गेरुका धामको महिमा

महेन्द्रनगर – मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्व राख्ने गेरुका धाम अहिले फेरि श्रद्धा, भक्ति र आस्थाले भरिन थालेको छ । प्रत्येक तीन वर्षमा एकपटक पर्ने मलमास अर्थात पुरुषोत्तम माससँगै लाग्ने एकमहिने गेरुका स्नान मेला आइतबारदेखि सुरु भएसँगै महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित खुट्टा पिपरारी क्षेत्र भक्तजनको आगमनले गुञ्जायमान बनेको छ । धनुषा र महोत्तरी जिल्लाको सीमामा अवस्थित यस ऐतिहासिक तथा धार्मिकस्थलमा बिहानैदेखि हजारौँ श्रद्धालु भक्तजन पवित्र स्नान, पूजा–आराधना र दर्शनका लागि पुग्न थालेका छन् । रामायणकालीन इतिहास बोकेको मानिने गेरुका धाम मिथिला क्षेत्रको प्राचीन धार्मिक परम्परासँग गाँसिएको स्थल हो । धार्मिक ग्रन्थ तथा स्थानीय जनविश्वासअनुसार माता सीताले...

Read More

प्रतिनिधिसभाः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद ललिता कुमारीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया खण्डमा नाला निर्माण गरिएका स्थानमा लामखुट्टे बढेका र सोही कारणले स्थानीयको स्वास्थ्यमा जोखिम हुनसक्ने भएकाले ढकनविहीन नाला नछोड्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नालाको निर्माण यथाशीघ्र सम्पन्न गराई आवागमन र दैनिक सहज बनाउन पनि उहाँले माग गर्नुभयो । सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेख जिल्लामा निर्माण भइरहेको ट्रमा सेन्टरको काम छिटो सक्न माग गर्नुभयो । दुल्लु अस्पताललाई सरकारी अस्पताल बनाउन जनताले माग गरिरहेकाले उक्त माग सुनुवाइ भई कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।...

Read More

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं –  मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ । सो चलचित्र प्रदर्शन हुनुअघि आज यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता राईले  नेपालको सामाजिक परिवेश र संस्कृतिलाई झल्काउँदै मनोरञ्जन दिन चलचित्र ‘मितज्य सफल हुने विश्वास व्यक्त गरे । उनले भने “यो चलचित्र हाम्रो मित लगाउने संस्कृतिलाई लिएर सामाजिक कथामा तयार गरिएको हो । यसले मनोरञ्जनसँगै हाम्रो संस्कृतिलाई बुझ्ने मौका दिन्छ । नेपालमा विभिन्न संस्कृति छन्,...

Read More